मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया कप क्रिकेट : फाइनल पुग्न पाकिस्तान र श्रीलंका भिड्दै 

एसिया कप क्रिकेट : फाइनल पुग्न पाकिस्तान र श्रीलंका भिड्दै 

अपि टाइम्स

काठमाडौं । एसिसि एसिया कप क्रिकेटमा फाइनलमा स्थान बनाउँन आज बिहीबार पाकिस्तान र श्रीलंकाबीच खेल हुदैछ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बाट खेल सुरु हुदैछ। 

एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १/१ खेलमा जित दर्ता गरेका छन् ।

सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए । भने, दुवै टोली भारतसँग पराजित भएका थिए । 

यस खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् । भारतले भने एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ ।

यस खेलमा विजेता बन्ने टोलीले फाइनलमा स्थान बनाउँने छ । तर, वर्षाका कारण खेल रद्द भएमा श्रीलंका रनरेटमा अघि रहेकाले फाइनलमा स्थान बनाउँने छ । 

फाइनल खेल आगामी आईतबार हुनेछ ।