मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वरमा पितृको सम्झना

गोकर्णेश्वरमा पितृको सम्झना

अपि टाइम्स

काठमाडौं– आज (बिहीबार) भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। यो दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन्। 

कुशे औँसीलाई बाबुको मुख हेर्न पर्वको रुपमा पनि मनाइन्छ। छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बुबा नहुने विभिन्न पवित्र स्थानमा गइ आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।