मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर बालेन शाह परे टाइम म्यागेजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

मेयर बालेन शाह परे टाइम म्यागेजिनको १०० उदयीमान व्यक्तिको सूचीमा

अपि टाइम्स

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह, विश्व प्रतिष्ठित म्यागेजिन टाइमको १०० उदयीमान व्यक्तिहरुको सूचीमा परेका छन्। म्यागेजिनले सेप्टेम्बर १३ मा प्रकाशित गरेको २०२३ टाइम १०० नेक्स्टको सूचीमा शाह पनि समावेश भएका हुन्।

सन् २०० को मे महिनामा भएको निर्वाचनमा सम्भावित विजेताको रुपमा उदाएका शाहको चस्मा नै राजधानीमा प्रख्यात भएको म्यागेजिनले उल्लेख गरेको छ। स्ट्रक्चरल इन्जिनियरिङ्गमा मास्टर्स गरेका ३३ वर्षिय शाहले पुराना राजनीतिक दलहरुप्रति सामाजिक सञ्जालहरुमा व्यक्त गरेको आक्रोशलाई म्यागेजिनले ‘बालेन प्रभाव’ भनेको छ। ठूला ठूला कुरा नगरी साधारण तथा अति आवश्यक परिवर्तनका वाचा गरी स्वतन्त्र उम्मेद्वारी दिएका शाहले स्थानिय निर्वाचनमा दिग्गज राजनितिज्ञहरुलाई हराएको टाइमले उल्लेख गरेको छ।

जितसँगै शाहले नकुहिने फोहोरहरु व्यवस्थापन गर्न विभिन्न निकायहरुसँग सम्झौता गरेको टाइमले लेखेको छ।