मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फिफा वेस्ट’ अवार्डको मनोनयन सार्वजनीक

‘फिफा वेस्ट’ अवार्डको मनोनयन सार्वजनीक

अपि टाइम्स

काठमाडौं । फिफा वेस्ट अवार्डको पुरुषतर्फको मनोनयन सार्वजनीक भएको छ । दुई पटकका अवार्ड विजेता मेस्सी र केलियन एमबाप्पे फिफाको वर्ष खेलाडीको मनोनयनमा परेका छन् ।

यस्तै म्यानचेस्टर सिटीलाई ट्रेबल उपाधि जिताएका क्लब ६ खेलाडी मनोनयनमा परेका छन् । जसमा एर्लिङ हालान्डदेखि जुलियन अल्भारेज, केभिन डि ब्रुइन, इलके गुन्डोगोन, रोड्री र बर्नान्डो सिल्भाले मनोनयनमा स्थान बनाएका छन् ।

प्रारम्भिक १२ जनाको सूचिमा इङ्ल्याण्डका डेक्लान राइस समेत परेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सी यस अवार्डका पछिल्ला विजेता थिए । क्रिस्टियानो रोनाल्डोले फिफा वेस्ट अवार्डको पहिलो र दोस्रो संस्करणको उपाधि हात पारेका थिए । 

उनी हाल साउदी क्लब अल सारिमा अनुबन्धित छन् । यस वर्षको प्रारम्भिक मनोनयनमा रोनाल्डो परेका छैनन् ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् । उनले टोटेनहम तथा सेल्टिकका पूूर्व प्रशिक्षक एन्ज पोस्टेकोग्लू सहित अन्य तीन जना प्रशिक्षकसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै गोलकिपरतर्फ म्यानचेस्टर सिटीका इडर्सन मनोनयनमा परेका छन् भने म्यानचेस्टर युनाईटेडमा भर्खरै जोडिएका आन्द्रे ओनाना समेत समेटिएका छन् ।

राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान, पत्रकार र फ्यानको भोटिङका आधारमा प्रारम्भिक सूचि सार्वजनीक गरिएको हो ।