काठमाडौं । नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ । ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।
अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो । शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।तिपयले शरणर्थी प्रकरण मात्र नभएर अरु विषयमा पनि छलफल गर्न भेट गरेको हुन सक्ने बताउँछन् । दाहाल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तनावमा छन् ।
प्रतिक्रिया