मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलवर्टले राख्यो कपिलवस्तुमै पहिलो पटक रोवोर्टिक्स तालिम, विद्यार्थीहरु उत्साहित!

हिलवर्टले राख्यो कपिलवस्तुमै पहिलो पटक रोवोर्टिक्स तालिम, विद्यार्थीहरु उत्साहित!

अपि टाइम्स

कपिलवस्तु । हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले कपिलवस्तुमै पहिलोपटक ३ दिने रोवोर्टिक्स तालिम सन्चालन गर्ने भएको छ । बाणगंगा न.पा. वर्डा नं. २, पिपरामा अवस्थित यस विद्यालयले विद्यार्थीमा रहेको सृजनशिलता, उद्यमी सोंच र अन्वेषणात्मक क्षमता विकास गर्न यसखालको तालिमको आयोजना गरेको बताईएको छ ।

जिल्लाको पहिलो ‘क’ बर्गको विद्यालयको रुपमा परिचित हिलबर्टले नेपाल रोबोर्ट यसोसियसनको समन्वयमा यहि असोज ४, ५ र ६ गते तालिम आयोजना गर्ने विद्यालय संचालक समितिका अध्यक्ष दिपक खनालले जानकारी दिए । यस प्रोजेक्टलाई नेपालमै नमुना प्रोजेक्ट बनाउन सक्नेगरी सुरुवात गर्न लागिएको अध्यक्ष खनालले बताए । उनी भन्छन्-“यो पश्चिम नेपालमै नौलो सुरुवात हो । तालिममा विज्ञान, प्रविधि, आविष्कार, गणित, इन्जिनियरिङ लगायत उद्यमशिलताको विकास गर्दै पढाईलाई प्रविधि संग जोड्ने काम हुनेछ । एक विद्यार्थी एक सिप भन्ने नाराको साथ विद्यार्थीमा आधुनिक प्रविधिको विकास गराउन यो तालिम महत्वपुर्ण हुने छ ।

विद्यालयका प्रबन्धक निर्देशक बुद्धी पौडेलले यस तालिमको आयोजनाले कपिलवस्तुमा नयाँ उर्जा थपेको बताउँदै विद्यार्थीहरु तालिममा सहभागि हुन उत्साहित भएको बताए । उनका अनुसार अहिले विद्यालय भित्रका विद्यार्थीहरुलाई यो तालिम दिने र आगामी दिनमा जिल्ला भरका विद्यार्थीलाई सहभागि गराउने गरी काम गरिने छ ।

तालिमको पहिलो दिन असोज ४ गते हुने उद्घाटनसत्रमा यस क्षेत्रका सरोकारवालालाई बोलाईएको पौडेलले बताएका छन् । हिलवर्ट बोर्डिङ गुणस्तरिय शिक्षा प्रदान संगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको बिद्यालयको रुपमा चिनिन्छ । यस अघिपनि विद्यालयले थुप्रै रचनात्मक कार्य गरिरहेको छ ।