मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानको चुनावः सचिवमा पारस र प्रशान्तविक्रमको भीडन्त, कसले जित्ला ?

क्यानको चुनावः सचिवमा पारस र प्रशान्तविक्रमको भीडन्त, कसले जित्ला ?

अपि टाइम्स

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।

पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।

मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।

यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध भएका छन् ।

चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि शुक्रबारको साधारण सभाले दुई सदस्य थप्ने भनिए पनि १७ सदस्य समितिकै चुनाव गरिएको हो ।

आईसीसीबाट अनुमति लिएरमात्र कार्यसमितिमा पद थप्ने निर्णय भएको नवनिर्वाचित कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।