मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलबाट गोकर्णेश्वर नगरपालिकामा आए पन्थी, कुशल प्रशासकको छवि

बुटवलबाट गोकर्णेश्वर नगरपालिकामा आए पन्थी, कुशल प्रशासकको छवि

अपि टाइम्स

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारका उपसचिव टेकराज पन्थीलाई शुक्रबार नगरपालिकाले भव्य स्वागत गरेको छ । उहाँलाई नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले स्वागत गरे । यस अगाडि रुपन्देहीको बुटवल उप–महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरहत थिए । स्थानीय तहको अब्बल र अनुभवी प्रकाशकको रुपमा पन्थीलाई चिनिने गरिएको छ ।

निवर्तमान नगरपालिका प्रमुख प्रकासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा भने करिब २२ महिनासम्म नगरपालिकामा सेवा गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । नगरपालिकाले पन्थीलाई स्वागत गरेको छ भने सापकोटालाई फेरी भेटौला भनी बिदाइ गरिएको छ ।

स्वागत तथा फेरी भेटौला कार्यक्रममा नगर प्रमुख दीपक रिसालले प्रमुख प्रशासकीय अधिकृतले शालिनताका साथ संभव भएसम्मका सेवाग्राहीका काम सहज रुपमा गर्न नवनियुक्त प्रमुख प्रकासकीय अधिकृतलाई आग्रह गरे ।

नगरपालिकामा सभ्य र शालिन व्यक्ति बस्ने भन्दै शालिन भएर सेवा प्रवाह गर्न उनले प्रमुख प्रकासकीय अधिकृतलाई अनुरोध गरे ।

रिसालले बाँकी चार वर्षमा यतिकै रुपमा नगरपालिकाले विकास निर्माणको काम गर्न सकियो भने गोकर्णेश्वर नगपालिकालाई नमूना नगरपालिकाको रुपमा बनाउन सकिने स्पष्ट पार्नुभयो । नगर सभा र कार्यपालिकाले गरेका निर्णयलाई कार्यान्वयन गर्ने काममा नवनियुक्त प्रमुख प्रकासकीय अधिकृतबाट थप सहजता हुने उहाँले विश्वास व्यक्त गरे ।

बिदाइ हुँदै निवर्तमान प्रमुख प्रकासकीय अधिकृत सापकोटाले अझै पनि सरकारले जनप्रतिधिको क्षमता वृद्धि गर्न नसकेको भन्दै उहाँले सरकारले अब पहिलो प्राथमिकता राखेर स्थानीय तहका जनप्रतिनिधिको क्षमता विकास गर्नुपर्नेमा जोड दिय । सबै कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने नगरपालिकाको समग्र विकास र सुशासन कायम गर्न सहज हुने भन्दै उहाँले कर्मचारीले पूर्णरुपमा सेवाको भावले काम गर्नुपर्नेमा बताय । सापकोटाले नगरपालिकामा बसेर काम गर्ने क्रममा कुनै कमीकजोर भए वा कर्मचारीलाई कडा शब्द प्रयोग गरेको भए पनि त्यसलाई बिर्सनसमेत सबै कर्मचारीलाई आग्रह गरे ।

नगरपालिकाका जनप्रतिनिधि पूर्णरुपमा सहयोगी भएको भन्दै सबै जनप्रनिधिलाई धन्यवाद प्रदान गर्नुभयो । गोकर्णेवरको कार्यपालिकामा सबै प्रशासकिन निर्णय हुने गरेको भन्दै यसले सुशासन कायम गर्न थप सहज भएको उहाँले स्पष्ट गरे ।

नव नियुक्त प्रमुख प्रशाकीय अधिकृत पन्थीले सुशासन र सेवा प्रवाह गर्ने क्रममा आफनो क्षमताले भ्याएसम्म कुनै कमीकजोरी नराखिने बताय । उनले पीत पत्रकारीता नगरी स्वास्थ्थ प्रत्रकारित गर्न सबै पत्रकारलाई आग्रह गरे । कर्मचारीले सधै उच्च मनोबल बनाएर काम गर्नुपर्ने भन्दै उहाँले कर्मचारी र जनप्रतिधिले कार्यालयमा बसेर सेवा प्रवाह गर्दा आफनो परिचय पत्र लगाउन आग्रह गरे। सेवाग्राहीका हरेक काममा ऐन नियम र कानुनले दिएसम्म कुनै कसर बाँकी नराखी काम गर्ने उहाँले स्पष्ट पारे ।

पन्थीसँग यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन शाखामा बसेर काम गरेको अनुभव छ ।