मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा मत्स्य अनुसन्धान केन्द्र निर्माणको पहल, कृषि मन्त्रीले गरे अवलोकन

वाणगंगामा मत्स्य अनुसन्धान केन्द्र निर्माणको पहल, कृषि मन्त्रीले गरे अवलोकन

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा मत्स्य अनुसन्धान केन्द्र निर्माणको पहल भएको छ ।

यसको लागि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाललले शनिबार वाणगंगाका २ स्थान अवलोकन गरेका छन् । नगरपालिकाका दुई स्थान धनेशपुर र बबनीमा अवलोकन गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । स्थानबारे नगर प्रमुख चक्रपाणी अर्यालले जानकारी गराएका थिए ।

‘केन्द्र बन्ने या नबन्ने ठोस निर्णय भने भएको छैन । मन्त्रीको पहल भने वाणगंगामै राख्ने छ, यद्यपि यसबारे ठोस निष्कर्ष भने भएको छैन’ सचिवालय भन्छ । मन्त्री भुसालले त्यस क्रममा निर्माणाधिन कृषि उपज संकलन केन्द्रको समेत अवलोकन गरका छन् ।