मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसियाली खेलकुदः नेपाली फेन्सिङ खेलाडीको खराब प्रदर्शन

एसियाली खेलकुदः नेपाली फेन्सिङ खेलाडीको खराब प्रदर्शन

अपि टाइम्स

काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित हात पार्न सकेनन् । फेन्सिङको स्पर्धा चीनको हाङ्झाव डायान्जी विश्वविद्यालयको जिम्नाजियमा भएको हो ।

पुरुषतर्फको साब्रे व्यक्तिगत स्पर्धामा नेपालका पायस योञ्जनले पाँचवटै खेलमा पराजय ब्यहोरे । पायस कजाकिस्तानका अर्टोक सर्किस्यान र हङ्कङका हो थिन लोसँग ५९० अंकसँग पराजित भएका हुन् ।

उनी उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान ईस्माइल जादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले पराजित भएका थिए ।

पुरुषतर्फको साब्रे व्यक्तिगत स्पर्धामै नेपालका राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२ ले पराजित भए । उनी हङ्कङका लोन आरोन हो स्जे, चीनका यिनगुई यान, भियतनामका भान एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित भएका थिए । हारसँगै उनको एसियाड यात्रा समूहगत चरणमै सिमित भयो ।

यसैगरी महिला फोइल व्यक्गिततर्फ पनि नेपालकी मन्दिरा थापाको यात्रा समूह चरणमै टुंगियो । उनी हङ्कङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्सँग समान ५–० ले पराजित भइन् ।

उनी मकाउकी हियो ल्याम कुसँग ५–१ र थाइल्यान्डकी चायदा सुकुलसँग पनि ५३ ले पराजित भइन् । अर्की नेपाली खेलाडी गोमा आर्चाय पनि समूह चरणबाट बाहिरिइन् ।