मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षकहरूले राजनीति गर्दा झोले भन्ने आरोप खेप्नु पर्योः थापा

शिक्षकहरूले राजनीति गर्दा झोले भन्ने आरोप खेप्नु पर्योः थापा

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताए ।

‘हामीले जति असामन्य भने पनि, देशको स्थित संकटपूर्ण छ भने पनि । त्यसो भए देश संकटमुक्त कहिले हुन्छ ? तीनै तहका सरकारमा हामी अनि देश संकटमा छ भन्ने ? देश संकटमा छैन, हाम्रो जिम्मामा छ,’ उनले भने ।

नेताले प्रतिबद्धता गरेअनुसार कामकारबाही भए वा नभएकोबारे जनताले प्रत्येक दिन मूल्यांकन गरिरहेको पनि थापाले बताए । ०४८ को चुनावपछि कांग्रेस सरकारमा गएको र नेताहरूका व्यवहारका बारेमा जनताले प्रश्न गरेको बताए । नागरिकले नेताहरूका व्यवहार र निष्ठाका बारेमा प्रश्न गरेको उनको भनाइ छ ।

त्यस्तै उनले शिक्षकहरू चाहेको समयमा पार्टी राजनीतिमा आउनुपर्ने वातावरण बनाउनुपर्ने पनि बताए । अहिले शिक्षकहरूले राजनीति गर्दा झोले भन्ने आरोप खेप्नु परेको टिप्पणी पनि गरे।

‘शिक्षक संघमा भएका साथीहरूले यति राम्रो विद्यालय खोल्नुभएको छ । तर, दलको झोले भनेर आरोप खेप्नु परेको छ । कतिपय कमजोरी पनि छन्,’ उनले भने, ‘शिक्षक भएर पार्टी राजनीति गर्न सम्भव छैन । पार्टी राजनीतिमा आउँछु भन्दै गर्दा शिक्षक साथीहरूले शिक्षक पेशा छोडे भनेर छोडेको दिन राजनीतिमा आउने ढोका खोल्नुपर्छ । आएर सांसद बन्देऊ, स्थानीय तह चलाइदेऊ भन्नुपर्छ ।’

शिक्षकलाई दलको कार्यकर्ता बनाएर शिक्षकका आधारमा समाजमा पार्टीको गतिविधि गर्न नलगाइ शिक्षकले आर्जन गरेको कुरा पार्टीमा जोड्ने गरी राजनीतिमा ल्याउनुपर्ने थापाको भनाइ छ।