मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्रोनमा पार्टीको झण्डा उडाएर एमालेको बागमती प्रदेश अधिवेशन शुरु

ड्रोनमा पार्टीको झण्डा उडाएर एमालेको बागमती प्रदेश अधिवेशन शुरु

अपि टाइम्स

काठमाण्डौ । नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन काठमाण्डौको प्रदर्शनीमार्गमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ड्रोनमा पार्टीको झण्डा उडाएर अधिवेशन उद्घाटन गरेका थिए ।

बाग्मती प्रदेशको उद्घाटन भृकुटीमण्डपमा भए पनि बन्द सत्र भोलि मङ्गलवारदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । अधिवेशनका लागि बाग्मती प्रदेशको १३ वटा जिल्लाबाट ११ सय ३८ जना प्रतिनिधि छनोट भएका एमालेले जनाएको छ ।

उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरू सहभागीछन् ।