मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

अपि टाइम्स

काठमाडौँ । नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । सोमबार साँझ संघले एक विज्ञप्ती जारी गर्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि गरिएका यस्ता प्रकारका अस्वाभाविक र भत्र्सनायोग्य घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । संघसँग गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरुलाई लक्षित गरि यस प्रकारका सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही नगरिएको अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीर रुपमा प्रभावित हुने तर्फ नेपाल सरकार तथा सरोकारवाला निकायको यस संघ ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तीमा उल्लेख छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरेका थिए । बिरामीको मृत्युको विषयलाई लिएर मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए ।