काठमाण्डौँ । काभ्रेपलान्चोकको एक स्थानीय तहमा थकाई मार्न विदा दिएको खुलेको छ । असोज ३ गते संविधान दिवसको दिन नगरपालिकाको नवनिर्मित भवनमा सेवा प्रारम्भ गर्नको लागि निरन्तर काम गर्दा थकाई लागेकाले विदा दिनु परेको नगरपालिकाद्धारा सुचनामा भनिएको बाहिर आएको हो ।
सुचनामा भनिएको थियो, ‘नवनिर्मित भवनमा सेवा प्रवाह भएको हर्षोल्लासको उपलक्ष्यमा तिनदिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खर्टिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएको हुँदा मिति २०८० । ०६ । ०४ गतेका दिन नगरपालिकाको कार्यालय र यस अन्तर्गतका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई विदा गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।’
नगरपालिकाको उक्त सुचना र विदाको धेरैबाट आलोचना भएको थियो ।
प्रतिक्रिया