मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको एक विद्यालयका शिक्षकको दादागिरी, छात्रालाई यसरी कुटे

कपिलवस्तुको एक विद्यालयका शिक्षकको दादागिरी, छात्रालाई यसरी कुटे

अपि टाइम्स

कपिलवस्तु। कपिलवस्तुको एक नीजि विद्यालयका शिक्षकले कक्षामै दादागिरी प्रस्तुत गरेका छन् । कपिलवस्तु नगरपालिका स्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका शिक्षकले सोही विद्यालयकै एक छात्रामाथि कुटपिट गरी दादागिरी देखाएका हुन् । शिक्षकको कुटाइबाट छात्रा घाइते भएकी छिन् । कक्षा–५ मा पढ्ने पिहु बर्मालाई होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक हानेर घाइते बनाएको खुलेको छ ।

कक्षा–५ कम्प्युटर विषयका शिक्षक ऋषि पाण्डेले होमवर्क डायरीमा हस्ताक्षर नगरेको भन्दै उनिमाथि निर्घात कुटेको परिवारको आरोप छ । बालिकाको देव्रे पाखुरा र हातभरी निलडाम छन् ।

उता, विद्यालयका प्रिन्सिपल धर्मेन्द्र कुमार चौधरीले विद्यार्थीमाथि कुटपिट भएको घटना सत्य भएको प्रतिक्रिया दिए । उनले घटनाका विषयमा बुझेर शिक्षक पाण्डेलाई बिद्यार्थीसमक्ष माफी माग्न लगाइएको समेत बताए ।

पिहुका बुवा सचितानन्द बर्माले आफ्नो छोरीलाई कुटपिट शिक्षकउपर कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन् । उनले यस घटनालाई लिएर पुलिस रिर्पोट गर्ने समेत बताए ।

पिहु कक्षाकै प्रथम बिद्यार्थी रहेको बिद्यालय प्रशासनले जनाएको छ । कुटपिट गर्ने शिक्षक कम्प्युटर बिषय अध्यापन गर्ने गरेका छन् ।