मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैरियामा टिभिएस एक्सचेन्ज मेला, जित्ने होइन त १० लाख पुरस्कार ?

वैरियामा टिभिएस एक्सचेन्ज मेला, जित्ने होइन त १० लाख पुरस्कार ?

अपि टाइम्स

बाणगंगा । कपिलवस्तुको टिभिएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर्समा टिभिएस च्याम्पियन्स एक्सचेन्ज मेला सुरु भएको छ । यो मेला असोज ९ गतेदेखि सुरु भएको १४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

यस भव्य मेला मार्फत ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने बाणगङ्गा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलले बताए । उनले बाणगङ्गा अटो ट्रेडर्समा बाइक खरिद गर्दा ७ हजार देखि ३० हजार सम्मको छुटको व्यवस्था रहेको पनि बताए ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा १० हजार बढी मूल्य पाउने भएका छन् । मेला मार्फत नै ग्राहकले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत नकिन्दै १ लाख र खरिदगर्दा ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको संचालक मोहन न्यौपानेले जानकारी दिए ।

यस्तै हरेक महिना ‘लक्की ड्र’ मार्फत शत प्रतिशत क्यास ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार १० लाखको नगद पुरस्कार उपलब्ध हुने जनाएको छ ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा इच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर र ब्याग जस्ता आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रा।लि।नेपालमा टीभीएसका दुई पाँग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १ सय ४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।