मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानी खेलाडीको ७ बर्षपछि भारतीय भूमिमा पाइला, चिटिक्क परेर गए

पाकिस्तानी खेलाडीको ७ बर्षपछि भारतीय भूमिमा पाइला, चिटिक्क परेर गए

अपि टाइम्स

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा सहभागी हुन पाकिस्तानी टोली भारत पुगेको छ । पाकिस्तानी टोली बुधबार राति भारतको हैदराबाद पुगेको हो । पाकिस्तानी क्रिकेट टोलीले सात वर्षपछि भारतीय भूमिमा पाइला टेकेको हो । निकै कडा सुरक्षा ब्यवस्थाबीच पाकिस्तानी खेलाडीलाई विमानस्थलबाट होटेलसम्म पुर्‍याइएको थियो ।

विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । पाकिस्तानी टोलीले यसअघि सन् २०१६ को मार्च ८ देखि अप्रिल ३ सम्म भारतमा आयोजना भएको आईसीसी टी—२० विश्वकप खेलेको थियो ।

विश्वकपअघि पाकिस्तानी टोलीले भारतमा दुईवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानले पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग खेल्ने कार्यक्रम रहेको छ । तर, पाकिस्तान र न्युजिल्यान्डबीचको उक्त अभ्यास खेल दर्शकविहिन रंगशालामा खेलाइने छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले सुरक्षाका कारण पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रंगशालामा खेलाउन लागिएको जनाएको छ । हिन्दु धर्मावलम्बीको महान पर्व दशैं नजिकै रहेको र हैदराबादमा विभिन्न धार्मिक उत्सव सुरु हुने भएकाले पाकिस्तानी टोलीको अभ्यास खेल बन्द रंगशालामा खेलाउन लागिएको समाचारमा जनाइएको छ ।

विश्वकपअघि पाकिस्तानले अक्टोबर ३ मा अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्नेछ । विश्वकपमा सहभागी सबै टोलीको अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिने छ । त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकपका खेलहरु सुरु हुनेछन् । पाकिस्तानले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ६ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
एक साताअघि पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले भारतीय पक्षबाट भिसा ९प्रवेशाज्ञाँ० दिन विलम्ब गरेका कारण आफ्नो टोलीको तयारी प्रभावित भएको आरोप लगाएको थियो । भारत सरकारले भिसा दिन विलम्ब गरेको भन्दै पीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० लाई पत्रसमेत पठाएको थियो ।