मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य क्षेत्रका संघ–संगठनको संजालले माग्यो सरकारसंग चार बुँदे माग

स्वास्थ्य क्षेत्रका संघ–संगठनको संजालले माग्यो सरकारसंग चार बुँदे माग

अपि टाइम्स

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ–संगठनहरुको संजालले सरकारसँग चार बुँदे माग अघि सारेको छ ।

केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको भन्दै संजालले पेसागत सुरक्षाका लागि चार बुँदे माग अघि सारेको हो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारबाट हालसम्म गरिएका प्रतिबद्धतालाई व्यावहारत कार्यान्वयन नगर्ने हो भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दायित्व र कर्तव्यनिष्ठाले मात्र नेपालको स्वास्थ्य सेवालाई न्याय गर्न नसक्ने भन्दै संजालले आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ ९संशोधन सहित० को अक्षरस पालना गरी हालै पोखरा र हेटौंडा लगायत अन्य ठाउँका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको सांघातिक आक्रमणकारीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही हुनु पर्ने र भावी दिनमा देशका कुनै पनि स्वास्थ्य संस्थामा यस्ता घटनामा संलग्न दोषीलाई तत्कालै पक्राउ गरी सोही ऐन बमोजिमको सजाय हुनु पर्ने संजालको माग छ ।

यस्तै, हाल आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका सबै मागलाई तत्काल पूरा गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई अझ सशक्त र प्रभावकारी बनाउनका लागि कानुन परिमार्जन तथा कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने माग पनि संजालले अघि सारेको छ ।

संजालका संयोजक डा। अनिल विक्रम कार्की र सदस्यसचिव माइकल देवकोटाले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ संगठनहरूको संजालसँग विगतमा भएका सबै सम्झौताहरूको अक्षरस पालना हुनुपर्ने माग पनि अघि सारिएको छ ।