मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको बाग्मती अध्यक्षमा दाहाल र ढुंगेल भीँड्ने, कसले जित्ला ?

एमालेको बाग्मती अध्यक्षमा दाहाल र ढुंगेल भीँड्ने, कसले जित्ला ?

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका छन् ।

साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । दुबैले अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेको नेताहरुले बताएका छन् ।

नेताहरुले अझै पनि सहमतिको प्रयास हुने बताएपछि दाहाल र ढुंगेलबीच चुनाव हुने निश्चित जस्तै छ ।

निर्वाचन मण्डलले भोलि विहान ८ बजेदेखि मतदानको समय तोकेको छ ।