मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग ब्यापार संघ कपिलवस्तुद्धारा वाणगंगाका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

उद्योग ब्यापार संघ कपिलवस्तुद्धारा वाणगंगाका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

अपि टाइम्स

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले वाणगङ्गा नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीलाई स्वागत गरेको छ । संघको कार्यालय जितपुरमा एक कार्यक्रमको आयोजना गरी संघले मरासिनीलाई स्वागत गरेको हो ।

संघका अध्यक्ष खिमानन्द पौडेल ‘कोपिल’ को अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुली लगायतले स्वागत गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै उनले समग्र देशको बर्तमान अवस्था , उद्योगी ब्याबसायीहरुले झेलिरहेका समस्या हरुको चर्चा गर्दै अर्थतन्त्र चलायमान नभएको बताए । राज्य र स्थानीय सरकार व्यवसायीप्रति अनुदार रहेको बताउँदै उनले व्यवसायीमैत्ती वातावरण निर्माण गर्न मरासिनीलाई आग्रह गरे ।

कार्यक्रमका केन्द्रविन्दु प्रमुख प्रशासकीय अधिकृत मरासिनीले संघलाई धन्यबाद दिँदै आफू व्यवसायीको पक्षमा रहेर काम गर्ने बताए । अब नगरका नीति र कार्यक्रम बनाउँदा नीजि क्षेत्रलाई सम्बोधन गर्ने गरी बन्ने उनको भनाई छ ।

अध्यक्ष पौडेलले सस्थाको बारेमा जानकारी दिँदै व्यवसायीमा विभेद नगर्न आग्रह गरे । उनले नगरले व्यवसायिक हकहितको लागि काम गर्ने खालका नीति निर्माण गर्न प्रशासकीय अधिकृत मरासिनीलाई आग्रह गरे । उनले नगरभित्र रहेका हरेक संघ सस्थाको सुक्ष्म अध्यन गरि नियमन गर्र्ने खालको नीति अवलम्बन गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, सस्थाका पदाधिकारी, सदस्यहरु , सल्लाहकारहरुको सहभागिता थियो । संघका सदस्य सन्तोष गैरेले कार्यक्रमको संचालन गरेका थिए ।