मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अल–नासरको जित, रोनाल्डोको निर्णायक गोल

अल–नासरको जित, रोनाल्डोको निर्णायक गोल

अपि टाइम्स

रियाद । क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको मद्दतले अल–नासर साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी बन्यो ।

खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर, ७९ औँ मिनेटमा भर्जिल भिसिडजानले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।

यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन् । त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन् ।

योसँगै लिगमा उनले लगातार १८ औँ सिजन दोहोरो अंकमा गोल गर्न सफल भएका छन् ।

लिगमा लगातार छैटौँ जीतसहित टोली चौथो स्थानमा उक्लिएको छ । ८ खेलपछि टोलीको १८ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र २ अङ्कले पछि रहेको छ ।