मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीज्यू मुड फ्रेस गरेर आउनासाथ जनताको मुड अफ गरिदिनुभयोः लामिछाने

प्रधानमन्त्रीज्यू मुड फ्रेस गरेर आउनासाथ जनताको मुड अफ गरिदिनुभयोः लामिछाने

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगमले सधैं घाटा भयो भन्ने विषयमा प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले एक्लैले व्यापार गर्ने भए पनि घाटा भयो भन्ने गरेको बताए।

‘आयल निगम व्यापार पनि आफैं गर्छ। आयात पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो। सबै कुरा उही गर्छ। तर सधैं घाटा भयो भन्छ। कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ। तर सधैं घाटामा रहन्छ। यो घाटा के होरु देशले सधैं घाटा सहिरहनुपर्ने कुराको निर्क्यौल होस्’, उनले भने।

स्वचालित प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हुनाले आफैं मूल्यवृद्धि भएको भन्ने हो भने घटेको बेलामा किन दुईतीनपछि मात्रै मूल्य घटाउने गरेको हो भन्दै उनले प्रश्न उठाए।

लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएपछि मूल्यवृद्धि गरेको भन्दै व्यंग्य गरे। भने, ‘प्रधानमन्त्रीज्यू चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनुभएको रहेछ। तर आउँदाआउँदै जनताको मुड अफ गरिदिनुभयो, मूल्यवृद्धि गरेर। तर मूल्यवृद्धि फिर्ता लिएर फेरि मुड फ्रेस गर्ने काम गर्नुभएको छ। म धन्यवाद दिन चाहन्छु।’

पेट्रोलियम पदार्थमा बढेको मूल्य सरकारले फिर्ता लिने निर्णय गरिसकेको छ।