मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलहरी प्रकरणमा सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलहरी प्रकरणमा सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अपि टाइम्स

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कोषाध्यक्ष समेत रहेका हालका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गरेको छ ।