काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी अध्यक्षले टुंग्याउने निर्णय गरेको हो ।
कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकार छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने बताएको राप्रपा सरकारमा भने गएको छैन । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
यदि उनले विश्वासको मत पाएनन् भने संविधानको धारा १६८ ९५० अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने छ ।
राप्रपाले मंसिर ९, १० र ११ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने महामन्त्री डा। धवलशम्शेर जबराले पेश गरेको आन्दोलनको कार्ययोजनालाई अन्तिम रुप दन कार्यदल बनाएको छ ।
प्रतिक्रिया