मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लम्बियो मनसुन, के दशैँसम्मै पानी पर्न सक्छ ?

लम्बियो मनसुन, के दशैँसम्मै पानी पर्न सक्छ ?

अपि टाइम्स

काठमाडौँ । नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले सोमवार जारी गरेको तीन दिनको बुलेटिनमा नेपालभरि हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन् थप केही दिन मनसुन लम्बिने देखिन्छ। झरी लगातार त पर्दैन तर मनसुन पनि सकिँदैन।

मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहारनजिकै आइपुग्दा त्यस्तो असर देखा परेको हो।

त्यसको असर खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाका रूपमा देखा परेको छ।

के यो बर्खामा बढी पानी परेको हो, कहिले रोकिन्छ झरी

मौसमविद्हरूले यस मौसमी प्रणालीको अन्त्यसँगै यस वर्षको मनसुन समेत सकिने आफूहरूले अनुमान गरेको बताउँछन्।

पछिल्ला केही वर्षमा नेपालमा मनसुन सुरु र अन्त्य दुवै ढिलो हुने प्रवृत्ति देखा परेको बताइन्छ।

पछिल्लो एक दशककै विवरण केलाउने हो भने पनि मनसुन अक्टोबर २ पछि मात्र बाहिरिएको छ।

सन् २०१३ मा नेपालबाट अक्टोबर १९ मा मनसुन बाहिरिएको थियो। गत वर्ष अक्टोवर १५ मा मनसुन बाहिरिएको थियो।

यो वर्ष नेपालमा जुन १४ मा मनसुन भित्रिएको थियो।

सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिने आधारमा नेपालमा ११२ दिनको मनसुन अवधि रहने बताइन्छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागकी उपप्राध्यापक एरिना स्थापितका अनुसार समयमै सुरु भएको मनसुन ुएकडेढ साता बढी रहनु अस्वाभाविक हैन।

तर जलवायु परिवर्तनका विभिन्न असरले गर्दा कुनै वर्ष नसोचेको प्रवृत्ति समेत देखिने गर्छ, उनी भन्छिन्।

सन् २०२१ मा मनसुन सकिएपछि आएको ठूलो वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

के दशैँसम्मै पानी पर्न सक्छ ?
मनसुन लम्बिएकाले कतै यसपालि ुहिले दशैँु हुन्छ कि भन्ने जिज्ञासा सर्वसाधारणमा देखिन्छ।

तर यस वर्ष अक्टोबर २४ मा विजया दशमी अर्थात् दशैँको टीका परेको छ। अधिकमासका कारण यसपालि दशैँ पोहोरभन्दा तीन साता ढिलो सरेको हो।यसपालि अधिकमासका कारण दशैँ कार्तिक महिनामा परेको छ

दशैँसम्म मनसुनी वर्षा कायम रहने सम्भावना चाहिँ ुसामान्यतः नहुनेु मौसमविद्हरू बताउँछन्। दशैँ छिटो परेको वर्षचाहिँ दशैँमा पानी पर्न सक्छ।

मौसमविद्हरूका अनुसार वायुमण्डलमा मनसुन बाहिरिइनसकेको अनि अर्कोतर्फबाट पश्चिमी न्यूनचापीय प्रणाली सुरु हुने बेलाको ुसङ्क्रमणुले गर्दा कहिलेकाहीँ ठूलो वर्षा हुने गरेको पाइन्छ।

प्रारम्भिक अवस्थामा मनसुन कमजोर हुँदा कहिलेकाहीँ मनसुनको अन्त्यतिर धेरै पानी पर्ने सम्भावना समेत हुने बताइन्छ।

अक्टोबर नोभेम्बर महिनामा हुने पोस्ट मनसुन सामान्यतः धेरै वर्षा हुने प्रणाली नभए पनि दशैँका बेला विगतमा ठूलो वर्षा भएको अभिलेख छ

जाडो सुरु हुन थाल्ने यस समयमा हाम्रो क्षेत्रमा उच्चचापीय प्रणालीको विकास हुने र पश्चिमी न्यूनचापीय प्रणाली समेत धेरै सक्रिय नहुने भएकाले मौसम सामान्यतः सफा हुन्छ।

त्यस बेलाको वर्षा खासगरी नेपालनजिकै रहेका समुद्रमा विकसित हुने चक्रवातहरूबाट प्रभावित हुने गर्छ।

कुनै चक्रवात वा समुद्री मौसमी प्रणालीहरू विकसित भए र त्यो सर्ने क्रममा नेपालतिर आए भने त्यसका बाहिरी बादलहरूले नेपालमा वर्षा गराउन सक्छन्, पौडेल भन्छन्।

पोस्ट(मनसुन प्रणाली नियमित स्वरूपको नभईकन अकस्मात् विकसित हुने मौसमी घटनामा निर्भर रहने मौसमविद्हरू बताउँछन्।
बीबीसी