मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होलसेल व्यापारी भन्छन् ‘चामल, तेल, चिउरा, मैदा र आँटाको मुल्य घटेको छ’

होलसेल व्यापारी भन्छन् ‘चामल, तेल, चिउरा, मैदा र आँटाको मुल्य घटेको छ’

अपि टाइम्स

काठमाडौं । दशैं तिहारजस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खाने तेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीले दाबी गरेका छन् ।

होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ ।

चिनी, गेडागुडी र दलहनबाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । ‘चामल, तेल, आँटा पिठोलगायतको खाद्यान्नको मूल्य होलसेलमा घटेको छ । यसवर्ष खासै ठूलो कारोबार पनि छैन।’

बजारमा ठूलो कारोबारसमेत नहुँदा होलसेलमा खाद्यान्न सस्तो हुन थालेको टोखा चेम्बर आफ कमर्शका अध्यक्ष एवम् होलसेल व्यवसायी सञ्जय फुयाँलले पनि दाबी गरे । ‘पछिल्ला २ सातामा सबै प्रकारका चामल, खाने तेल, मैदा र चिउराको मूल्य घटेको छ,’ फुयाँलले भने, ‘होलसेलमा घटेको मूल्य खुद्रामा पास नभएको हुनसक्छ । उपभोक्ता जागरुक हुनुपर्‍यो ।’

अनलाइनखबर