मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंकरहरि आचार्यको नेतृत्वले दिलायो कपिलवस्तु प्रशासनलाई ए ग्रेड, मुलुकमै अतिउत्कृष्ट

शंकरहरि आचार्यको नेतृत्वले दिलायो कपिलवस्तु प्रशासनलाई ए ग्रेड, मुलुकमै अतिउत्कृष्ट

अपि टाइम्स

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अतिउत्कृष्ट अर्थात ‘ए ग्रेड’ स्थान ल्याउन सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ र ८० को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा कपिलवस्तु प्रशासनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ ल्याएको हो ।

कार्यसम्पादन मूल्यांकनका आधारमा कपिलवस्तु प्रशासन देशभरमै उत्कृष्ट २५ स्थान भित्र पर्दै ‘ए ग्रेड’ ल्याउने जिल्ला बनेको छ । देशभर ३३ वटा जिल्ला प्रशासनले अतिउत्कृष्ट अर्थात ९० मापन अंक प्राप्त गरेका छन् । कपिलवस्तु २४ औँ नम्बरमा पर्दै ९२ अंक प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी प्रथम, रुकुम ९पश्चिम० दोस्रो र रुपन्देही तेस्रो भएका छन् । गुल्मीले ९६।४४ अंक, रुकुम (पश्चिम) ९६।११ अंक र रुपन्देहीले ९६ अंक प्राप्त गर्दा उत्कृष्ट १० जिल्ला भित्र इलाम, नवलपरासी पूर्व, रुकुम (पुर्व), डडेलधुरा, काठमाडौं, पर्वत र बैतडी रहेका छन् ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७९र८० का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदन अनुसार कपिलवस्तु २४ औँ नम्बरमा रहँदै अतिउत्कृष्ट हुँदै ‘ए ग्रेड’ हासिल गरेको हो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा कपिलवस्तु अतिउत्कृष्ट जिल्लाभित्र पर्न सफल भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा प्युठान, सल्यान, मकवानपुर, मनाङ, दाङ, गोरखा, बारा, लमजुङ, ललितपुर, तनहुँ, मोरङ, संखुवासभा, नुवाकोट, अछाम, पाल्पा, नवलपरासी ‘पश्चिम’, भोजपुर, ओखलढुंगा, बर्दिया, दार्चुला, र सिन्धुलीको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट अर्थात ‘ए ग्रेड’ मा परेका छन् ।

गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, विकास निर्माण अनुगमन र समन्वय, आर्थिक सुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनको आधारमा ग्रेड छुट्टाइएको हो ।

प्रतिवेदनअनुसार ३३ जिल्लाहरुले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । ३० जिल्लाले ८० प्रतिशतदेखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन् । १४ जिल्लाले भने ६० प्रतिशतदेखि ८० प्रतिशत अंक पाएका छन् ।

नतिजाको पुच्छरमा ७७ औं स्थानमा सिराहा रहेको छ, जस्ले ६१ ५६ प्रतिशत अंक प्राप्त गरेको छ । अन्तिमका पाँच जिल्ला प्रशासनमा दोलखा, बझाङ, चितवन, जाजरकोट र सिराहा रहेको मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा शंकरहरी आचार्यको आगमनसंगै थुप्रै सुधारका कामहरु भएका छन् । आन्तरिक प्रशासनिकदेखि जिल्लाभर शान्ति सुरक्षा कायम गर्न आचार्य सफल रहेको देखिन्छ । कपिलवस्तु प्रशासनमा धेरै प्रमुख जिल्ला अधिकारी फेरिए पनि योस्तरमा काम हुन सकेको थिए । प्रमुख जिल्ला अधिकारीले यो अंक पाउनु आफैमा कठिन भए पनि गृहमन्त्रालयले मुल्यांकन गरेकोमा धन्यबाद दिएका छन् । आफूले राम्रो गर्दागर्दै पनि कतिपय स्थितिमा सहयोग नपाएको उनले अपि टाइम्ससंग गुनासो गरे । आफ्नो कार्यकालसम्म कपिलवस्तुमा एउटा थिति बसाल्ने उनले दावी गरे ।