मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण गुल्मीका ४ वटा प्रमुख सडक अवरुद्ध

पहिरोका कारण गुल्मीका ४ वटा प्रमुख सडक अवरुद्ध

अपि टाइम्स

गुल्मी । निरन्तरको वर्षाका कारण पहिरो खसेपछि गुल्मीका चार वटा प्रमुख सडक अवरुद्ध भएका छन् ।

कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाको कालाखोलामा पहिरो गएपछि आज बुधवार दिउँसोदेखि यो सडक अवरुद्ध भएको हो ।

यस्तै हिजो मङ्गलवारदेखि अवरुद्ध भएको रिडी–अर्घाखाँची सडक अझै सञ्चालनमा आएको छैन । लगातार वर्षा भैरहेका कारण पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यो सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको साखर भन्ने ठाउँमा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

यस्तै तम्घास–इन्द्रगौँडा सडक पनि अवरुद्ध भएको छ । यो सडक खण्डअन्तर्गत मुसिकोट नगरपालिका–४ दोभानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाअन्तर्गत गौँडाकोट–बलीथुम–जुभुङ सडक पनि अवरुद्ध भएको छ ।

पहिरोका कारण गए रातिदेखि अवरुद्ध भएको रिडी–रुद्रवेणी–वामीटक्सार सडक भने सञ्चालनमा आएको छ । यो सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–५ बाँदरे भीरमा गएको पहिरो हटाएपछि आज दिउँसोदेखि सडक सञ्चालनमा आएको हो ।

तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्लाका धेरैजसो सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको छ ।