काठमाण्डौ । सन् २०२५ को डाइभर्सिटी भिसा ‘डीभी’ का लागि आज बुधवार रातिदेखि फारम खुल्दै छ ।
नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा कात्तिक २१ गते (नोभेम्बर ७०) सम्म तोकिएको छ ।
डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रतिक्रिया