मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल फर्किंदा अरूको सामान लिएर आउन नपाइने, नत्र जफत !

नेपाल फर्किंदा अरूको सामान लिएर आउन नपाइने, नत्र जफत !

अपि टाइम्स

काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ ।

यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो ।

भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ ।

विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए ।

यसपालि मोटरसाइकलको बे्रक सुको आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको विमानस्थलसहित भन्सार कार्यालयले विभिन्न आवरणमा अवैध सामान भित्रिएला र सोझासिधा फस्ला भनेर अग्रिम रूपमा स्वदेश फर्किनेलाई चेतावनी दिएको हो ।