मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. बरालको सम्मानस्वरुप पार्टीले सवारी दुर्घटना न्युनिकरण कार्यक्रम गर्छः सांसद श्रेष्ठ

स्व. बरालको सम्मानस्वरुप पार्टीले सवारी दुर्घटना न्युनिकरण कार्यक्रम गर्छः सांसद श्रेष्ठ

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाका शैक्षिक व्यक्ति डाक्टर रोमनाथ बरालको मृत्युले पार्टीलाई ठुलो क्षति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिध सभा सदस्य तथा संसदीय दलका उपनेता विराभक्त श्रेष्ठले बताएका छन् । गत असोज १० गते राती सवारी दुर्घटनामा परेर ज्यान गुमाएका पार्टीका लुम्बिनी प्रदेश शिक्षा विभाग प्रमुख बरालको स्मृतिमा विहिबार गरिएको श्रद्धाञ्जलीसभामा बोल्दै पार्टीले निकै राम्रो नेता गुमाएको उनले बताए ।

स्वर्गिय रोमनाथ बरालले रसायन शाष्त्रमा विद्याबारिधी गरी अमेरिका छोड्नुको अर्थ पनि मुलुक बनाउने नै रहेको स्मरण गर्दै सांसद श्रेष्ठले उहाँको सपना पार्टीले पुरा गर्ने दावी गरे ।

बरालको निधन दुर्घटनाका कारण भएकाले उहाँको स्मृतिमा सडक दुर्घटना न्यूनीकरणका कार्यक्रम माथिदेखि तलसम्म गर्ने सांसद श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभापति देवराज पाठक लगायतले शोक मन्तव्य राखेका थिए । शोक सभामा प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी, केन्द्रिय सदस्य अर्जुन अधिकारी, विदेश विभाग सदस्य होम क्षेत्री, केन्द्रिय उद्योग बाणिज्य बिभाग सदस्य जनक भुसाल, केन्द्रिय संगठन विभाग सदस्य गणेश पौडेल लगायतको सहभागिता थियो ।

कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदीको सभापतित्वमा समपन्न शोकसभामा बरालको स्मृतिमा पचास हजार रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरिएको छ ।

शोकसभापछि पिपरामै अगुवा कार्यकर्तासंग संक्षिप्त भेटघाट समेत गरिएको छ। नगरसभापति बुद्दीसागर बेल्बासे, बिस्नु प्रसाद घिमिरेलगायतले निजी क्षेत्रको समस्याको बारेमा रास्वपाका शीर्ष नेतालाई जानकारी गराएका थिए ।