एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहमदीले जितेकी छन्। महिला अधिकार र मृत्युदण्डको अन्त्यका लागि सक्रिय मानवअधिकारकर्मी मोहमदी जेलमा छिन्।
‘इरानमा महिलाको शोषणविरुद्धको संघर्ष र सबैका लागि मानवअधिकार प्रबर्द्धनमा उनले गरेको लडाइँका लागि’ उनलाई पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ।
उनी हाल तेहरानको एभिन जेलमा छिन्। उनलाई विभिन्न आरोपमा १२ वर्षको सजाय दिइएको छ। राज्यविरुद्ध प्रचार गरेको लगायत आरोप उनीमाथि लगाइएको थियो।
सन् २००३ मा नोबेल पुरस्कार जितेकी सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् मोहमदी।
नोबेल शान्ति पुरस्कारको १२२ वर्षको इतिहासमा यो पुरस्कार जित्ने उनी १९ औँ महिला हुन्।
पुरस्कारको राशि गरिब १० लाख डलर छ। जुन डिसेम्बर १० मा नर्वेको ओस्लोमा वितरण गरिनेछ। एजेन्सी
प्रतिक्रिया