मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसियाली खेलकुदः कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन् फाइनलमा

एसियाली खेलकुदः कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन् फाइनलमा

अपि टाइम्स

काठमाण्डौ। चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक पक्का गरेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङ ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेसँगै रजत पदक पक्का भएको हो ।

हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले होलाई ८–४ को अन्तरमा हराइन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग खेल्नेछिन ।यसअघि महिला कबड्डी टोली सेमिफाइनलमा पुगेर कास्य पदक जितेको थियो ।