मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरुणा जहिल्यै उत्कृष्ट, फेरि भइन् नेपालमा नवौँ र कपिलवस्तु प्रथम

अरुणा जहिल्यै उत्कृष्ट, फेरि भइन् नेपालमा नवौँ र कपिलवस्तु प्रथम

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसकी अरुणा अर्यालले विएड चौथो वर्षको परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याएकी छन् ।

त्रिभुवन विश्व विद्यालय शिक्षा शाष्त्र संकाय, बीएड चौथो वर्षको परीक्षामा ७२ दशमलव ६ प्रतिशत अंक ल्याएर अरुणाले देशभरमै नवौँ र कपिलवस्तुमा पहिलो स्थान हासिल गरेको क्याम्पसले जनाएको छ ।

पढाइमा तीक्ष्ण रहँदै यसअघिका परीक्षामा पनि जिल्ला र प्रदेश प्रथम हुँदै आएकी अरुणाले भर्खरै सार्वजनिक भएको नतिजामा पनि उत्कृष्ट अंक हासिल गरी क्याम्पसको नाम राखेको भन्दै क्याम्पसले बधाई र शुभकामना दिएको छ ।

अरुणाले पनि आफू नतिजाबाट सन्तुष्ट रहेको भन्दै आफूलाई शिक्षादिक्षा दिने गुरुवर्ग र क्याम्पस परिवारलाई धन्यबाद दिइन् । सानै उमेरमा नै शिक्षक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गरेर अर्याल स्थायी शिक्षक भइसकेकी छन् । उनी अंग्रेजी भाषा तथा साहित्यकी विद्यार्थी हुन् ।