मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरहवाबाट उडेको जहाज फर्काएर भैरहवामै आकस्मिक अवतरण

भैरहवाबाट उडेको जहाज फर्काएर भैरहवामै आकस्मिक अवतरण

गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै फर्काइएको थियो

अपि टाइम्स

काठमाडौँ ।

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ।

आज बिहान ९:४० बजे काठमाडौंका लागि उडेको विमान केही बेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै फर्काएर आकस्मिक अवतरण गरिएको हो।

ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै भैरहवा फर्काइएको बताइएको छ।