मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहराको भूमिगत पार्किङमा शुल्क नलाग्ने, पार्किङ खुला

धरहराको भूमिगत पार्किङमा शुल्क नलाग्ने, पार्किङ खुला

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ ।

डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ ।
‘तीन तल्लामध्ये पहिलो तल्लामा पार्किङ आइतबारदेखि खुलेको छ । बाँकी दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने भएकोले खुलाइएको छैन,’ महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग भने ।

पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।