मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संयुक्त राष्ट्रसंघका महासचिवले शनिबार संसदको संयुक्त सभालाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिवले शनिबार संसदको संयुक्त सभालाई सम्बोधन गर्ने

अपि टाइम्स

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका महासचिव गुटरेशले असोज २७ गते शनिवार संयुक्त सदनलाई सम्बोधन गर्नेगरी कार्यक्रम बनाइएको हो । सरकारले आन्तरिक रूपमा यसबारे तयारी गरे पनि भ्रमणको कार्यक्रम सार्वजनिक गरिएको छैन भने यसबारे संसद सचिवालयलाई औपचारिक पत्र पनि पठाइसकेको छैन ।

सत्ता गठबन्धन दल माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले महासचिव गुटरेशले असोज २७ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी रहेको बताए ।

केही साताअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेश नेपाल भ्रमणमा आउन लागेका हुन् । यद्यपि इजरायल र प्यालेष्टाइनबीचको युद्ध थप खराब अवस्थामा पुगेमा उनको भ्रमण रद्द हुने सम्भावनापनि उक्तिकै रहेको सरकारी अधिकारीहरू बताउँछन् । उनको पूर्वनिर्धारित भ्रमण कार्यक्रम परिवर्तन नभए पोखरा, लुम्बिनी लगायतका क्षेत्रमा पनि महासचिव गुटरेशले भ्रमण गर्नेछन् ।