मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा ६८ प्रतिशत श्रमिकको रेमिट्यान्स घरघडेरी जोड्नमै खर्च

लुम्बिनीमा ६८ प्रतिशत श्रमिकको रेमिट्यान्स घरघडेरी जोड्नमै खर्च

अपि टाइम्स

काठमाडौं । लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको अधिकांश बचत रकम घरघडेरी जोड्नमै खर्च हुने गरेको एक अध्ययनले देखाएको छ ।

लुम्बिनी प्रदेशबाट विभिन्न देशमा वैदेशिक रोजगारीमा संलग्न ६८।४१ प्रतिशत श्रमिक तथा तीनका परिवारहरुले रेमिट्यान्सको बचत रकम घरजग्गा खरिद गर्न प्रयोग गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ सम्बन्धि अध्ययनले नेपाल भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा उपभोगमा र बचत रकम घरजग्गा जोड्नमै खर्च गर्ने गरेको देखाएको हो ।

अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्न श्रमिकहरुले पारिवारिक खर्च संरचनामा सबैभन्दा बढी दैनिक उपभोगमा ५८।७८ प्रतिशत रकम खर्च गर्ने गरेका छन् । यस्तै, शिक्षा र स्वास्थ्यमा २२।४८ प्रतिशत, मनोरञ्जन तथा अन्य शिर्षकमा ८।६७ प्रतिशत रकम खर्च गर्ने गरेको अध्ययनले देखाएको छ । ऋण तिर्न १०।०७ प्रतिशत रकम खर्च हुने गरेको छ ।

वैदेशिक रोजगारीमा संलग्न श्रमिक र परिवारका सदस्यहरुले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको बचत रकमलाई विभिन्न क्षेत्रमा लगानी गरेको देखिन्छ, जसमध्ये ठूलो रकम घरजग्गा खरिद गर्न खर्च भएको छ ।

यस्तै, रेमिट्यान्सबाट प्राप्त बचत रकमलाई ६६।०२ प्रतिशत श्रमिक तथा परिवारले बैंकमा बचत गर्ने, ५२।६७ प्रतिशतले सुनचाँदी खरिद गर्न, १२।२७ प्रतिशतले व्यापार व्यवसाय गर्न, १२।०१ प्रतिशतले सामाजिक काममा, ९।१४ प्रतिशतले व्यक्तिगत लगानी र ४।४४ प्रतिशतले शेयर खरिद गर्न बचत रकम खर्चिने गरेको देखिएको छ ।

यस अध्ययनमा लुम्बिनी प्रदेश अन्तर्गतका पाँचवटा जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारहरुको स्थलगत सर्वेक्षण गरिएको छ । वैदेशिक रोजगारीमा जाने ९४ प्रतिशत पुरुष रहेका छन् ।

अध्ययन अनुसार वैदेशिक रोजगारीबाट वार्षिक पाँच लाखसम्म आय आर्जन गर्ने ४२९३० प्रतिशत, ५ देखि १० लाखसम्म आय आर्जन गर्ने ३९।६९ प्रतिशत र १० लाखभन्दा बढी आय आर्जन गर्नेहरु १८।०१ प्रतिशत रहेका छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये ६४।४९ प्रतिशतले रेमिट्यान्स रकमबाट नयाँ घर निर्माण, घमा तला थप्नेदेखि अन्य संरचना परिवर्तन गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार वैदेशिक रोजगारीमा जानेहरुले दुःख गरेर कमाएको रकम लगानीका लागि सबैभन्दा भरपर्दो क्षेत्र घरजग्गालाई लिएको देखिन्छ ।