मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले एमालेलाई नर्कमा लगे, माओवादीबाट आश मर्योः भुसाल

ओलीले एमालेलाई नर्कमा लगे, माओवादीबाट आश मर्योः भुसाल

अपि टाइम्स

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीले माओवाद नत्यागेसम्म कुनै आश गर्ने ठाउँ नभएको बताएका छन् ।

दाङमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै उनले माओवादी क्रान्तिको ठूलै कुरा गरेर आएको भए पनि आश गर्न नसकिने बताए ।

उनले भने, ‘माओवादीको विरासतका कारणले, खास गरी सिद्धान्तका कारणले हामीले समृद्ध र समाजवादी नेपाल बनाउनुपर्नेछ । उसले जनवादी क्रान्तिको माओवादी सिद्धान्त बोकेर हिँडेको छ । माओवादीले जहिलेसम्म माओवाद छोड्दैन, तबसम्म उसबाट आश गर्न सकिँदैन ।’

उनले एमालेमा ओली भएसम्म सत्ता र दक्षिणपन्थ नछाड्ने टिप्पणी गरे ।

महासचिव भुसालले भने, ‘संविधान बनिसकेपछि मुलुक अगाडि जाँदै थियो । जनतामा विश्वास बढ्दै थियो । हामीले संविधान बोक्नसक्ने पार्टी बनाएका थियौं । लोकतान्त्रिक पार्टीभित्र एउटा धुन्धकारी जन्मियो, केपी ओली नामको । त्यो धुन्धकारीले संसद, संविधान हुँदै लोकतन्त्रमाथि हान्दै थियो । त्यसलाई रोक्न हामीले ठूलो हिम्मत गरेर ओलीलाई सत्ताबाट झारेर संविधानको रक्षा गर्‍यौं । ओलीले एमालेको नेतृत्व गरेसम्म एमालेलाई नरकतर्फ लतार्दैछन्, दक्षिणपन्थतर्फ लतार्नेछन् । सत्तालिप्साको वरिपरि लैजानेछन् ।’

उनले कांग्रेसलाई समाजवाद आइसकेको बताए । ‘कांग्रेसलाई केही चाहिँदैन १८ वर्षकाले भोट दिने हो, बजारले राज गर्ने हो । विकास उद्योगपति, पूँजीपतिले गर्छ । उसको सिद्धान्त नै त्यही हो । तपाईंहरुले शेरबहादुर देउवा र कांग्रेसका नेताहरुले समाजवाद ल्याएर देखाउँछौं भनेको सुन्नुभएको छ रु’, भुसालले भने ।

उनले समाजवाद ल्याउन सक्ने पार्टी भनेको एकीकृत समाजवादी मात्रै भएकाले त्यही सन्देश लिएर अहिले जनताकहाँ आएको सुनाए ।