मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनिता बनिन् दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी

विनिता बनिन् दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी

अपि टाइम्स


पोखरा । भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । योसँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो दृखेलाडी बनेकी छन् ।

नेत्रहीन संघ गण्डकीले आयोजना गरेको नेपाल भारत दुइपक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको उद्घाटन नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । ब्याटिङमा उत्रिएको भारतले नेपाललाई १७३ रनको लक्ष्य दियो ।

पहिले ब्याटिङ गरेको भारतीय टोलीकी गंगौभाले अर्धशतक पूरा गरेकी थिइन् । उनले आफ्नो टिमका लागि सर्वाधिक ७१ रन बनाएकी थिइन् । १७३ रनको लक्ष्य नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि मनकेशरी चौधरीले ३१ रन, सरिता घिमिरेले २१ रन बनाए । प्लेयर अफ द म्याच भएकी बिनिता पुनले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरिन् ।

मंगलबार देखि सुरु भएको खेल वैशाख १७ गतेसम्म चल्नेछ । अर्को खेल बुधबार पोखरामा क्रिकेट मैदानमा र बाँकी ३ खेल काठमाडौंको मूलपानीमा हुनेछन् ।