मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतर्फी दबाबपछि वाणगंगामा छाडा चौपाया व्यवस्थापनका लागि समिति गठन

चौतर्फी दबाबपछि वाणगंगामा छाडा चौपाया व्यवस्थापनका लागि समिति गठन

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिकाको प्रमुख समस्या हो ‘छाडा पशुचौपाय’ को व्यवस्थापन नहुनु । स्थानीय तहको निर्वाचनपछिको पहिलो कार्यकालको ५ बर्ष र दोश्रो निर्वाचनपछिको कार्यकालको २ बर्षसम्म पनि छाडा पशुचौपाय व्यवस्थापनमा नगरले ठोस कदम चाल्न नसक्दा चौतर्फी आलोचना भइरहेको छ ।

नगरबासीका किसान, मिडिया, सरोकारवाला र बिभिन्न पार्टीले बिभिन्न समयमा यस विषयमा नगरको गम्भिर ध्यानाकर्षण गराइरहेका छन् । त्यहि चौतर्फी दबाबपछि नगरपालिकाले बल्ल छाडा चौपाया व्यवस्थापनका लागी समिति गठन गरेको छ । अपिटाइम्सले वाणगंगालाई निरन्तर खबरदारी गरिरहेको छ । यो विषयमा पनि यसअघि खबरदारी गरेको थियो ।

बुधबार बसेको नगरकार्यपालिकाको वैठकले नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा ९ सदस्य समिति गठन गरेको हो ।
जसको सदस्यहरूमा जनप्रतिनिधि बाट बाणगङ्गा वडा न ६ का वडा अध्यक्ष करुण टण्डन, वडा न ८ का वडा अध्यक्ष बाबुराम अर्याल र वडा न ९ का वडा अध्यक्ष कमल प्रसाद पौडेल रहेका छन् । कार्यपालिका सदस्यबाट पिताम्बर सुनार र पार्वती सुनार रहेका छन् । समितिमा कर्मचारीबाट प्रशासन शाखा प्रमुख केशब भट्टराई सदस्य सचिव रहेका छन् भने पशु विकास शाखा प्रमुख राजकुमार तिवारी, आर्थिक प्रशासन शाखा प्रमुख सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिले छाडा चौपाया व्यवस्थापन काम गर्ने जनाईएको छ ।संयोजक पौडेलले यसै आर्थिक वर्ष भित्र त्यसको अल्पकालीन तथा दीर्घकालीन समाधान गरिने बताए ।

नगर कार्यपालिकाको बैठकले अरु केके निर्णय गर्यो ?

नगर कार्यपालिकाको बैठकले अरु बिभिन्न निर्णय पनि गरेको छ । बैठकले आर्थिक वर्ष २०८०र८१ को लागी वार्षिक कार्य योजना पारित गरेको छ । १८ वटा बुँदामा रहेको वार्षिक कार्य योजना कार्यपालिका बैठकले पारित गरेको हो ।

वैठकपछि नगर प्रमुख चक्रपाणी अर्यालले वार्षिक कार्ययोजना पारित भएसँगै नगरपालिकामा विकासका कामले तिव्रता पाउने बताए । कार्ययोजना अनुसार तोकेकै समयमा योजनाहरू सक्ने वडाध्यक्ष, कार्यपालिका सदस्शा र शाखा प्रमुखलाई निर्देशन दिएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बाणगङ्गाको विकासमा सबै एकजुट भएर लाग्न सबैलाई आग्रह गरे ।

बैठकले समृद्धिका लागी बन परियोजनाको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत समेत गरेको छ । यसैबीच घरनक्सा अभिलेखी करणका लागी चैत्र मसान्तसम्म सुचारु राख्ने निर्णय भएको नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले बताइन ।
यस्तै वैठकले तिन पाङग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागि पनि समिति गठन गरेको छ । वडा नम्ब्र ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा ७ सदस्य समिति गठन गरेको हो । जसको सदस्यमा जनप्रतिनिधिका तर्फबाट वडा न १ का वडा अध्यक्ष सन्जु सारू मगर, वडा न। ८ का वडा वडा सदस्य शारदा परियार रहेका छन् ।

यस्तै कर्मचारीको तर्फबाटराजस्व शाखा प्रमुख मदन घिमिरे सदस्य सचिव रहेका छन् भने ई रिक्सा समिति र ट्राफिक प्रहरीबाट एकजना रहेका छन् ।

वैठकले सर्पले डसेर एकै घरका दुई दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई नगरको राहत दिने निर्णय पनि गरेको छ ।
वडा न ९ मा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई रु ३५ हजार प्रदान गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।