मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

अपि टाइम्स

काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपालले अफगानिस्तानलाई हराएको छ । बुधबार कोलम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

पहिलो सट २५–१९ ले जितेको नेपालले दोस्रो सेट १९–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जितेको नेपालले चौथौं सेट २१–२५ ले गुमाएको थियो ।

पाँचौं तथा अन्तिम सेटमा १५–१० को सेटमा जित निकाल्दै नेपालले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।

नेपालले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने दोस्रो खेलमा आयोजक श्रीलंकासँग पराजित भएको थियो ।

नेपालको राष्ट्रिय भलिबल टिमले लिगको चौथौं खेलमा शुक्रबार साउदी अरबसँग खेल्नेछ ।

एसियन गेम्समा सहभागी भएर नेपाल फर्किएको टोली काभा च्यालेन्ज कप खेल्ने श्रीलंकामा छ ।

नेपालको पुरुष भलिबलले काभा च्यालेन्ज कपमा पदक जित्ने लक्ष्य राखेको छ ।