मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाईनमार्फत १७ लाख बढी ठगेकी यी महिला पक्राउ

अनलाईनमार्फत १७ लाख बढी ठगेकी यी महिला पक्राउ

अपि टाइम्स

काठमाडौं। प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् ।
उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरुप्रयोग गरी ठगी गरेको प्रहरीले जनाएको छ ।
आफू इटालीको नागरिक रहेको बताइ विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र पाँचहजार डलरसहितको गिफ्ट पठाइदिएको बताउँथिन् ।आफूले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउन भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्ने भन्दै उनले ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुबाट पटकपटक गरी १७ लाख १५ हजार रुपैयाँ उनले ठगी गरेकी थिइन् । पक्राउ परेकी मल्ललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।