मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा पत्याउनै नसकिने अटो भाडा, यात्रु भन्छन् ‘१०० मिटरको दूरीमा २५० सम्म तिरियो

वाणगंगामा पत्याउनै नसकिने अटो भाडा, यात्रु भन्छन् ‘१०० मिटरको दूरीमा २५० सम्म तिरियो

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगङ्गामा सञ्चालित तिन पाङ्ग्रे अटो तथा इ– रिक्सावालले चर्को भाडा असुली गरेको व्यापक जनगुनासो आएको छ । यस्तो जनगुनासो गर्नेमा पालिकाका कर्मचारीदेखि यात्रुसम्म छन् । बाणगङ्गा नगरपालिकाले तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागि समिति निर्माण गरेपछि यो विषयमा फेरि सतहमा आएको हो । उसो त यसअघि पनि पटकपटक यात्रु ठगिने गरेका कुरा बाहिर आएका थिए ।

अटो ब्यवस्थापनसम्बन्धि समिति समाचार शीर्षकमा सामाजिक संजालमा क्रिया प्रतिक्रिया गर्नेहरुले यो विषय उठाएका छन् । उनीहरुले उठाएका सबाललाई विश्वास मान्ने हो भने अटोचालकले यात्रुलाई लुट्नसम्म लुटेका देखिन्छ। नगरपालिकाकै जिम्मेवार कर्मचारीबाट यो विषय आउँदा धेरैले लुटिएको महसुस गरेको बताउँछन् ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले दर रेट तोकिनु अनिवार्य रहेको लेख्दै १ किलो मिटरमा ५० रुपैयाँ कसरी तिर्नु भनेर प्रश्न पनि गरे ।

नगरपालिकाकै पिपरा अस्पतालका डाक्टर गणेश क्षेत्रीले खिम बहादुर जिसीको कमेन्टमा सर्मथन जनाउँदै १०० मिटरको दूरीमा २५० तिरेको र त्यसपछि कहिल्यै अटो तथा इ– रिक्सा चढ्न मन नलाग्ने भनी लेखेका छन् । सोही कमेन्टमा जिसीले ४ सय मिटरको दूरीमा १०० रुपैयाँ तिर्न बाध्य भएको लेखेका छन् । यसैमाथि क्रिया प्रतिक्रिया छन् ।

त्यस्तै रमेश चन्द्र भुसालले अटो तथा इ– रिक्सा ईन्धनवाला नभई विद्युतवाला सञ्चालनका लागि पहल गर्नुपर्ने र चर्को भाडाको सिन्डीकेट अन्त्य गरि विद्युतीय सवारीको प्रतिस्पर्धा गराउनु उचित हुने लेखेका छन् ।

कतिपयले अटो तथा इ– रिक्सा चढेपछि रु १ सय ५० तिर्नपर्ने बाध्यता पार्ने बताएका छन् । यस्तै जितपुरका मोहन पाण्डेले अटो तथा इ– रिक्सावालाको लाइसेन्स तथा रुटपरमिट चेकजाँच गर्नु अति आवश्यक रहेको उल्लेख गरेका छन् ।

यस्तै लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष राम सुभागे थारूले पनि गजेहडा बाट चार नम्बरको लागि चढियो भने १०० रुपैयाँ लिने गरेको खुलाए ।
उनले चर्को भाडा तुरुन्तै नियन्त्रण गर्नु पर्ने बताए । उता विष्णु भुसालले वनगाई भलवाड चल्ने अटो तथा इ– रिक्सावालले पनि मनपरी भाडा असुलीले जनता ठगिएको उल्लेख गरेका छन् ।

वाणगंगामा अटो चालकका दुई समिति छन् । तीमध्ये एक समितिका प्रमुख गणेश पोख्रेलले यस्तो हुनै नसक्ने र १०० मिटरमै २ सय पचास लिएको प्रमाण भए उक्त अटो चालकलाई कारबाही गर्ने बताए । केहि चालकले बदमासी गरे पनि अधिकांसले भाडामा एकरुपता कायम गरेको पोख्रेलले बताए ।

यसका लागि हिजो मात्रै नगरपालिकाले वडा न ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा गठित ७ सदस्यीय तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापन समितिले यस विषयमा गम्भिर ढंगले काम गर्नुपर्ने सरोकारवाला बताउँछन्