मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा भलिबलः नेपाल साउदी अरेबियासँग ३–२ सेटमा पराजित

काभा भलिबलः नेपाल साउदी अरेबियासँग ३–२ सेटमा पराजित

अपि टाइम्स

काठमाण्डौ । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।

आज शुक्रवार दिउँसो श्रीलङ्कामा भएको खेलमा साउदी अरेबियाले नेपाललाई ३–२ को सेटमा हरायो । साउदी अरेबियाले पहिलो सेट २५–२२, तेस्रो सेट २५–२३ र पाँचौँ सेट १६–१४ ले जित्यो । नेपालले दोस्रो सेट २५–२१ र चौथो सेट २७–२५ ले जित्यो ।

लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि शनिवार खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो ।

छ वटा टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते हुनेछ ।