मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नोबेल साहित्य विजेता कवि लुइस ग्लुकको निधन

नोबेल साहित्य विजेता कवि लुइस ग्लुकको निधन

अपि टाइम्स

काठमाडौँ । नोबेल साहित्य विजेता लेखक तथा पूर्व अमेरिकी पोएट लरेट लुइस ग्लुकको निधन भएको छ । सन् २०२० मा नोबेल साहित्य जितेकी लेखक ग्लुकको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ग्लुक ८० वर्षकी थिइन् ।

उनको निधनको कारण भने खुलाइएको छैन । कवि ग्लुकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको थियो । अन्य लेखकहरूसँग तुलना गर्दै एकडेमीले ग्लुक आफ्नो ुगम्भीरता एवं आस्थाका सरल सिद्धान्तलाई स्वीकार गर्ने अनिच्छाु कारण १९औं शताब्दीकी अमेरिकी कवि एमिली डिकिन्सनसँग मिल्दोजुल्दो भएको उल्लेख गरेको थियो ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लुक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत थिइन् ।

पाँच दशकको लेखनयात्रामा उनले नोबेल र पुलित्जरसहित बेलिन्जेन, लनान वालेस स्टिभेन्सन, ट्रान्स ट्रोमर, न्यास्नल बुक क्रिटिक सर्कल अवार्डजस्ता थुप्रै, थुप्रै प्रतिष्ठित पुरस्कार, सम्मान, फेलोसिप प्राप्त गरेकी थिइन् ।

त्यस्तै ग्लुकका कविता ुसंवेदनशीलताबाट विशेषतातर्फु डोरिएको पाउने कवि विप्लव प्रतीकको मत छ । प्रतीकले कान्तिपुरमै लेखेका छन्, ग्लुकले आफ्ना कवितामा एक खालको प्रयोग या भनूँ डिजाइन गरेकी छन् निरन्तर । जुन प्रयोग अधिकांश पाठकका लागि बानी पार्न अभ्यास गर्नुपर्ने पनि हुन सक्छ । उनका कविताका हरफहरू जहाँ टुङ्गिनुपर्ने हो टुङ्गिँदैन । टुङ्गियो भने पनि त्यहाँ अर्को हरफको केही शब्द जोड्छिन् र बाँकी हरफ तल झारिदिन्छिन् ग्लुक । कवि प्रतीक ग्लुकका कविताहरूमा संवेदनशीलता, आदर्श र मन एवं ज्ञानबीचको अद्भुत तालमेल पाउँछन् ।