मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस यसकारण अरु पार्टीभन्दा बलियो छः शेखर कोइराला

कांग्रेस यसकारण अरु पार्टीभन्दा बलियो छः शेखर कोइराला

अपि टाइम्स

काठमाडौँ । कांग्रेस नेता तथा सांसद डा. शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बीपीको विचार समाप्त हुने डर रहेको बताए ।
पार्टीमा आपसी एकता हुनुपर्ने पनि डा. कोइरालाको भनाइ थियो । बीपीको विचारमा उभिएर पार्टी अगाडि बढेर आपसी एकताका साथ बीपीको विचार अंगालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन उनले भने ।

त्यस्तै, बीपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको बताउँदै कोइरालाले देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेसका नेता दिलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान कांग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताए ।