मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी सरकारमा मुख्यमन्त्रीज्यूले चाहुन्जेल, सहकार्य र सहयात्रा हुन्छः हिक्मत कार्की

कोशी सरकारमा मुख्यमन्त्रीज्यूले चाहुन्जेल, सहकार्य र सहयात्रा हुन्छः हिक्मत कार्की

अपि टाइम्स

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशमा तत्काल सर्वदलीय सरकारमा आफ्नो रुचि नरहेको जनाएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीले एमालेको आवश्यकता महसुस गरेसम्म सहकार्य र सहयात्रा हुने बताए ।

‘हाम्रो अहिलेको सरकार निर्माण र सहकार्यको कुरा चाहिँ मुख्यमन्त्रीज्यूले चाहुन्जेल, उहाँले आवश्यकता महसुस गरुन्जेल हाम्रो सहकार्य र सहयात्रा हुन्छ,’ उनले सर्वदलीय सरकार बन्छ भन्ने प्रश्नमा भने, ‘हिजो म हुँदा नमान्ने, अहिले हुने कुरामा हाम्रो धेरै रुचि छैन । मुख्यमन्त्रीले त्यस्तो सरकार बनाउनु भयो भने हाम्रो दृष्टिकोण त्यसपछि आउँछ ।’

एमाले नेता कार्कीले तत्काल काँग्रेसको एउटा टिम एमालेसँग आए पनि पुरै काँग्रेस आउने विश्वास व्यक्त गरे । ‘मैले बुझ्दा अहिले नेपाली काँग्रेसको एउटा सेक्सन हामीसँग आएको छ । काँग्रेसको पुरै आउँछ भन्ने विश्वास छ । काँग्रेस र हाम्रोबिचमा पहिले सहमति हुन्छ । त्यसपछि दुई पार्टी बसेर सहमति र सहकार्यको विषयमा छलफल गर्छौ, माओवादी सरकारमा भए । तयसमा हाम्रो रुची हुनेछैन । ’ उनले भने, ‘अहिले सहमतिको सरकार बनाउने परिस्थिति निर्माण भएको जस्तो लाग्दैनौँ । मुख्यमन्त्रीज्यूले के भन्नुहुन्छ त्यो हेरेर हामी कदम चाल्छौँ ।’

नेता कार्कीले एमाले र काँग्रेसबाट आज एकएक जना मन्त्री पठाउने सहमति भएको बताए । ‘प्रारम्भीक कुरा एक जना मात्रै पठाउने भन्ने भएको छ । फाइनल मुख्यमन्त्री काठमाडौँबाट आएपछि हुन्छ । एमालेबाट तिलकुमार मेन्याङ्बो र रामबहादुर मगरमध्ये एक जना हुन्छ होला । कुरा गर्दछौँ,’ उनले भने ।