प्यूठान। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन कृषि पहिलो खुड्किलो भएको बताएका छन् ।
प्यूठानमा आइतबार नौबहिनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले रोजगारी सिर्जना र विदेशिने युवालाई देशमै रोक्न कृषिलाई व्यावसायिक बनाउनुपर्ने बताए ।
रोजगारी खोज्दै युवाहरु दिनहुँजसो विदेशिने गरेको भन्दै उनले कृषिलाई व्यवसायिक र प्रविधिसँग जोडेर ग्रामीण क्षेत्रसम्म पुर्याउन सके यसैबाट आर्थिक समृद्धि सम्भव रहेको बताए । देश आर्थिक मन्दीको चपेटामा परेको सुनाउँदै उनले आर्थिक समृद्धिका कार्यक्रम तिनै तहका सरकारले सुरु गर्नुपर्ने र त्यसको नेतृत्व स्थानीय तहहरुले लिनुपर्ने बताए ।
ग्रामीण क्षेत्रसम्मै कृषिलाई प्राथमिकता दिएर काम गरे देशमा रोजगारी सिर्जना हुन्छ, उनले भने,आर्थिक समृद्धिबिना देशको विकास हुनै सक्दैन । युवालाई व्यावसायिक कृषिमा जोड्न सके मात्रै मुलुकको समृद्धि सम्भव हुने उनले बताए ।
प्रतिक्रिया