मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज र भोलि रास्वपाको नीति मन्थन, कोको छन् विज्ञ ?

आज र भोलि रास्वपाको नीति मन्थन, कोको छन् विज्ञ ?

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम आयोजना गर्दैछ । आज र भोलि हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ ।

फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्न लागेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । पहिलो दिन पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ ।

सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको छ । दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहने छ ।

डा नीति अर्याल, डा सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रूपमा आमन्त्रण गरिएको छ । पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ ।

डा सङ्गीता सिंह, डा अरविन्दकुमार मिश्र, डा वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले विषय विज्ञका रूपमा धारणा राख्ने रास्वपाले जनाएको छ ।